दफा ४२
लिक्विडेटरले प्रतिवेदन पेश गर्नु पर्ने
: (१) लिक्विडेटरले आफुले नियुक्त भएको मितिले तीन महीनाभित्र कम्पनी खारेजीका सम्बन्धमा भएको काम कारबाहीको प्रगति प्रतिवेदन तयार गरी अदालत र कार्यालयमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम पेश भएको प्रतिवेदनमा अन्य कुराको अतिरिक्त देहायका कुरा खुलाउनु पर्नेछ ः-
(क) कम्पनीको जारी पूँजी, शेयरधनीले लिन कबूल गरेको पूँजी तथा चुक्ता पूँजीको रकम,
(ख) कम्पनीको जायजेथा र दायित्वको अनुमानित रकम,
(ग) कम्पनीको आर्थिक असफलताको कारण सम्बन्धमा लिक्विडेटरको राय,
(घ) कम्पनीको प्रवद्र्धन, संस्थापना वा कम्पनी तथा यसका सञ्चालक र शेयरधनीहरूको काम कारबाहीका सम्बन्धमा थप जाँचबुझ गर्न आवश्यक भएको सम्बन्धमा लिक्विडेटरको राय,
(ङ) लिक्विडेटरले उचित ठहराएको अन्य आवश्यक कुरा ।